आफूविरुद्धको षडयन्त्रमा लागेकाहरूको नाम छिटै सार्वजनिक गर्ने सन्दीप लामिछानेको चेतावनी

जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूविरुद्धको षडयन्त्रमा लागेका प्रत्येक व्यक्तिको नाम छिटै सार्वजनिक गर्ने चेतावनी दिएका हुन्।

उनले लेखेका छन्, ‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्छु। तर म विरुद्धको यस षड्यन्त्रमा भूमिका निर्वाह गर्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु। जो यस मुद्दामा संलग्न छन्।’

हाल लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दिएका छन्। तर, उनको मुद्दामा सुनुवाई हुन सकेको छैन।

SHARE