भारतको राजधानी नयाँ दिल्लीस्थित एयरोसिटीमा रहेको पाँच तारे होटल ‘पुलम्यान’ मा एउटा अनौठो घटना भएको छ । उक्त होटलमा १५ दिन बिताएर मोजमस्ती गरेकी एक महिलाले करिब ६ लाख भारु बिल तिर्न नसकेपछि कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
१५ दिन बस्दा ५ लाख ८० हजार भारुको बिल तयार भएको थियो । उनले अनलाइनमार्फत भुक्तानी गर्ने बताइन् तर होटलको खातामा रकम जम्मा भएन । त्यसपछि होटल स्टाफले ती महिलालाई आफ्नो बैंक खाता विवरण देखाउन भने । तर उनले आफ्नो खाता विवरण देखाउन मानिनन् ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा ती महिलाको बैंक खातामा जम्मा ४१ भारुमात्र रहेको पाइयो । प्रहरीले ठगी, नक्कली दस्तावेज प्रयोग लगायत विभिन्न अभियोगमा उनीविरुद्ध उजुरी दर्ता गरेको छ ती महिलाले अर्कै नाममा होटलको कोठा बुक गरेको भए पनि अनुसन्धानबाट उनको असली नाम झाँसी रानी स्यामुअल रहेको प्रहरीले जनाएको छ ।