आज तामाङ समुदायले देशभर हर्षोल्लासका साथ सोनाम ल्होछार मनाउँदै

काठमाडौं । तामाङ समुदायले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् ।

मञ्जुश्री पात्रो अनुसार आज २८६० ड्रुक( मुपुख्रि) ल्हो शुरु भएको छ । यस वर्ष खरायो वर्षलाई बिधाई गरी ड्रुक ल्हो अर्थात ड्रागन वर्षलाई स्वागत गरिएको छ ।

मुसा, गाई, बाघ, खरायो, मेघ (ड्रागन), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लासहित अन्य जिल्लाहरु र विभिन्न देशमा रहेका तामाङहरुले ल्होछारलाई पर्व विशेष रूपमा मनाउँने गर्छन ।

शुभकामना आदनप्रदान, खानपान, ठुलाबढाबाट टिका र आर्शिवाद ग्रहण गरी घरघरमा र सामुहिक रुपमा सांस्कृतिक कार्यक्रमहरु गरी ल्होछारलाई पर्वका रुपमा मनाउने गरिन्छ । ल्होछारमा तरुल, फापरको आलुम, फुलौरा, चामलको रोटी, खाप्सी, मासुका परिकार खाने चलन छ । ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा विषेश सांस्कतिक कार्यक्रम आयोजना गरिएको छ ।

हिजोदेखि शुरु ल्होछार सांस्कृतिक महोत्सव अन्तरगत आज मुख्य दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा विषेश कार्यक्रम हुदैछ । प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजे औपचारिक कार्यक्रममाको उद्घटन गर्नुहुने ल्होछार मुला समारोह समितीका संयोजक कुमारसिंह घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसअघि बिहान ११ बजे सांस्कृतिक झाँकीसहितको ¥यालीले टुँटिखेल परिक्रममा गर्नेछ । महोत्सवमा मौलिक खाना, भुषभुषालगायत १ सय वटा भन्दा बढि स्टल रहेका छन् । आजको दिन नेपालका अन्य हिमाली समुदायले पनि ल्होछार पर्व मनाउँदैछन् । यो वर्ष शेर्पाहरुले मनाउने ग्याल्बो ल्होछार पनि आजकै दिनमा परेको छ ।

सोनाम भन्दा एक मिहना पछि मनाउने गरिएको ग्याल्बो ल्होछार हरेक तिन वर्षमा एकैदिन पर्नआउँछ । आजकै दिन चीन, भुटान, थाइल्याण्ड, लासोस,मंगोलियालगायतका देशले पनि ल्हो परम्परा अनुसार नै नयाँ वर्ष मनाउँदैन ।

SHARE