तामाङ भाषाको  लघु चलचित्र “ब्रेल्साङ”पाेर्चुगलमा विशेष च्यारिटी शो हुँदै

काठमाडौं । तामाङ चलचित्र संघ नेपालको प्रस्तुतिमा निर्माण गरिएको  तामाङ भाषाको  लघु चलचित्र “ब्रेल्साङ”  अगष्ट २५ तारिख Cinema ideal, rog do loreto 15, 1200-241 lisboa, पोर्चुगलमा विशेष च्यारिटी शोको तयारीमा निर्माण पक्ष र तामाङ समाज पाेर्चुगल जुटिरहेका छन । उक्त तामाङ भाषाको  लघु चलचित्र “ब्रेल्साङ”सिनेमा आईडल हल पाेर्चुगलमा दिउँसो ठिक १२: १५  बजे बाट सो सुरु हुने तामाङ समाज पाेर्चुगलका महासचिब कुमार सिं बलले जानकारी दिएका छन ।

लघु चलचित्र “ब्रेल्साङ”मा बुद्ध थिङ, उत्तर लामा, रुपा एस घले, कुइसाङ रुम्बा, प्रवल थिङ, भुइसाल लामा, मायादेवी मोक्तान, सञ्जय हुत्त, दिपक तामाङ, शम्भु मोक्तान, सुनिता दोङ, विकास स्याङतान, सङ्गिता तितुङ, अमर लामा,रेसम कुमार स्याउली तामाङ, पुष्प लोप्चन, समीर घिसिङ ,गोकुल तामाङ , सिरोम तामाङ , ट्यापे डन, हिरा मोक्तान लगाएतका कलाकारहरुको अभिनय रहेका छन भने अतिथि कलाकार रुपमा नायक तथा निर्देशक कुमार मोक्तान र नायिका सुनिता लुङ्बा रहेको छ । उक्त लघु चलचित्र “ब्रेल्साङ” को निर्देशन कुमार मोक्तानले गरेका हुन्। भिडियोमा सुमन घिमिरेको छायाँकन र त्रिलोक लामाको सम्पादन  रहेको छ । लघु चलचित्र “ब्रेल्साङ” मा सङ्गीत भने जोगलाल लामाको रहेको छ

लघु चलचित्र “ब्रेल्साङ” पोर्चुगल च्यारिटी शो पछि कुवेतमा पनि प्रदर्शन हुने चलचित्र संघको महासचिव उत्तर लामाले खुल्ला पत्रलाई जानकारी दिएका छन ।

 

 

SHARE