प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दैछन्।
प्रधानमन्त्री ओलीले बुधबार अपराह्न ३ बजे सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ।
‘सरकारले यस बीचमा के-के कामको थालनी गर्यो भनेर जानकारी दिन लागिएको हो,’ प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले भने।
प्रधानमन्त्री ओली गत असार ३० गते चौथोपटक प्रधानमन्त्री बनेका हुन्। गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा ७ बुँदे सहमति भएर ओली प्रधानमन्त्री बनेका थिए।