‘सञ्चारकर्मीलाई लाइसन्स अति जरुरी छ’

एआई निर्मित तस्बिर ।

सञ्चारकर्मीलाई अब लाइसन्स अपरिहार्य गर्नुपर्ने उपप्राध्यापक लक्ष्मण घिमिरेले बताएका छन् । खुल्लापत्रसँगको कुराकानीमा उनले पत्रकारिताको गरिमा थप बढाउन र व्यवस्थित गर्न पत्रकारलाई लाइसन्सको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

‘सबै सञ्चारकर्मीलाई लाइसन्स एकदमै जरुरी छ’, उनले भने, ‘बिना लाइसन्स यति संवेदनशील क्षेत्रमा काम गर्नै हुँदैन । अब पत्रकारहरूलाई औपचारिक बनाउनुपर्‍यो । पत्रकारितालाई राज्यको चौथो अङ्ग मान्ने, लाइसन्ससम्म पनि व्यवस्था नगर्ने गर्नु भएन ।’

पत्रकारिता राज्यका नीति निर्मातालाई प्रश्न र आवाजविहीनहरूको आवाज पनि बुलन्द गर्ने पेसा भएकाले संवेदनशील भएको उनको भनाइ छ । साथै राज्य र जनताबीचको पुलको काम गर्नुपर्ने भएकाले लाइसन्स प्रदान दिएर औपचारिकता दिनुपर्ने उनले बताएका छन् ।

‘नाम्लो भारी बोक्नेको पनि आवाज समेट्नुपर्छ । राष्ट्रपति, प्रधानमन्त्रीलाई पनि प्रश्न गर्नुपर्छ र जनताको आवाज सुनाउनुपर्छ’, उनले भने, ‘यति ठुलो जिम्मेवारी भएको पत्रकारलाई लाइसन्सको व्यवस्था नगरेर हुँदैन ।’

SHARE