सेर्कु पैसा कमाउन को लागि हैन तामांग समुदायको सास्कृतिक जागरण को लागि बनाएको हो : राजकुमार

२४ जेेेष्ठ , काठमाडौं । प्रीन्स मुभिज एण्ड एक्स्ट्राभेग्यान्जाको  ब्यानरमा निर्माण भएको तामाङ कथानक चलचित्र सेर्कुले आज पत्रकार सम्मेलन गरि आफ्नो चलचित्रको दुइवटा गीतको भिडीयो सार्वजनिक गरेको छ। उक्त गीतको भिडियो सार्बजनिक गर्दै निर्माता तथा निर्देशक राजकुमार ले सेर्कु पैसा कमाउन को लागि नभई  तामांग समुदायको सास्कृतिक जागरण को लागि बनाएको जिकिर गर्नु भयो । बिशुद्द तामांग सास्कृति मा आधारित सर्कु मा सकभर नेपालि भासा प्रयोग नगरिएको दाबि निर्माता तथा निर्देशकले गर्नु भयो ।  यसकारण पनि सर्कु फिल्म ले तामांग समुदायमा एउटा सकारात्मक जनचेतना दिने मा आफु विश्वस्त रहेको बताउनु भयो ।

दुईवटा गीतमा एउटा आधुनिक शैलीमा थिम सङ ( शिर्स गित) रहेको र अर्को सेलोमा डम्फूरे गीत रहेको छ । डम्फूरे गीतको रचना गीतकार जीवन बम्जन तामाङले गर्नुभएको छ संगीत तथा  स्वर  संगीतकार आर.बी. लामा सिङदानले दिनुभएको छ भने यसलाई संयोजन पवन वाङ लामाले गर्नुभएको छ । त्यस्तै शिर्स गितको शब्द निर्देशक स्वयं राजकुमार मोक्तानको रहेको छ । गायक अमृत लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन् भने यसको संयोजन संगीतकार आर.बी. लामा सिङदानले गर्नभुएको छ ।

राज कुमार मोक्तानको निर्माण तथा निर्देशन रहेको “सेर्कु”मा नायक ऋतुराज पाख्रीन, सुस्मा मोक्तान , सुस्मा थिङ र उर्मिला वाईबाको प्रमुख भुमिका रहेको छ भने लामो समयको अन्तारालपछी नायिका चाँदनी मोक्तानको विशेष भुमिका यस चलचित्र मा देख्न सकिनेछ साथै शैलुङ अनलाइनका अध्यक्ष तथा पत्रकार श्याम योन्जन , चर्चित खलनायक बिकास स्याङतान ,फापरे गायक बैरागी मोक्तान ,मुस्कान ग्याबक , योगेश मोक्तान , किरण तामाङ , गोपिराम आदिको शसक्त भुमिका रहेको छ।

पत्रकार सम्मेलन मा तामांग कलाकारहरु बुद्धिजिबी समजासेवी गायक गायिका हरुको पनि  को उलेख्य सहभागिता रहेको थियो  भने सर्कु फिल्म यहि आउदो भदौ को ३० गते रास्ट्रीय नाचघर जमलमा बिशेस प्रदर्शन गरिने पनि जानकारी गरिएको थियो  ।

गित हेर्नको लागि यो लिंक मा क्लिक गर्नुहोस

SHARE