दाङको बंगलाचुलीमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

दाङको बंगलाचुलीमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । दुई जना सिकिस्त बिरामी परेका छन् ।

जंगली च्याउ खाएर बिरामी परेकी बंगलाचुली गाउँपालिका ४ कि ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको हो । विषालु च्याउ खाँदा बिरामी अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि थप उपचारका लागि बुटवल लगेकामा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक अस्मिताको आमा २७ वर्षीया ईश्वरी सुनारको अवस्था  चिन्ताजनक रहेको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसीयूमा र मृतक अस्मिताका बुबा अजय सुनारको घोराहीमै उपचार भइरहेको छ ।

SHARE