सिर्जना कलेजमा वार्षिकोत्सवको अवसरमा गायन, नृत्य, चित्रकला लगायत नौ विधामा अध्ययनरत विद्यार्थीलाई पुरस्कार वितरण

काठमाडौँ । लाजिम्पाट स्थित सिर्जना कलेज अफ फाइन आर्टस्ले विभिन्न नौ विधामा अध्ययनरत विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।

कलेजको २२ औँ वार्षिकोत्सवको अवसरमा गायन, नृत्य, चित्रकला लगायत नौ विधामा अध्ययनरत विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । गायन, नृत्य, चित्रकला, वाद्यवाद, मूर्तिकला, ग्राफिक्स लगायत विषय अध्यापन हुने कलेजले वार्षिकोत्सवको अवसरमा यही वर्षदेखि पुरस्कारको व्यवस्था शुरु गरेको बताएको छ । अब हरेक वर्ष १० देखि २० हजार रुपैयाँ राशिका  पुरस्कारहरु उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रदान गरिने क्याम्पस प्रमुख डा. बालकृष्ण रञ्जितले जानकारी दिए ।

वार्षिकोत्सवका अवसरमा चार दशकदेखि साधनारत सुप्रसिद्ध तबला वादक एवम् २०६८ सालदेखि निरन्तर कलेजमा तवला बादनको अध्यापन गराइरहेका डङ्कन दास चौधरीलाई कलेजले सम्मान गरेका थिए । भने यसैगरी कलेजले भिन्न भिन्नै विधामा अध्ययनरत १८ जना विद्यार्थीलाई हौसला स्वारुप  पुरस्कार प्रदान गरिएको छ  ।

 स्व. सुशीला दीक्षित र स्व. अनन्तमणि दीक्षितको स्मृतिमा स्थापना गरिएको सुशीला अनन्तमणि छात्रवृत्ति यस वर्ष आयुष्मा प्रधान र आरुषी अधिकारीले प्राप्त गरेका छन् ।  पुरस्कारको राशि जनही १० हजार रहेको क्याम्पसले जनाएको छ । त्यस्तै, कलाकार सुमित्रा राज्यलक्ष्मी सिंह तथा लिन्से स्टोकरद्वारा स्थापित सुमित्रा राज्यलक्ष्मीसिंह एण्ड लिन्से स्टोकर स्कलरसिप  आरुषी अधिकारी र अक्षतमान ताम्राकारले प्राप्त गरेको  छन ।  त्यस्तै, जनही रु १० हजार राशिका अन्य पुरस्कारमध्ये उत्तम खरेल मेमोरियल अवार्ड विवेक लामा, नम्रता श्रेष्ठ र निलेश शाक्यले पाएका छन्

 लायन्स मनराम फाउन्डेसन अवार्ड ग्राफिक्स कम्युनिकेशनका रोशन साखः र दीपा पन्थले जितेका छन् । निरौला काठमाडौं क्यापिटल लायन्स क्लब अवार्ड नृत्य विषयका प्रकाश विक्रम गिरी र पलिस्था महर्जनले जितेका छन् । प्रमेश कान्त अधिकारी अवार्ड फर प्रिन्ट मेकिङको उपाधि रोजन खड्काले जितेका छन् ।

१० हजार राशिकै वै–नि कला लेखन समीक्षा र अनुसन्धान पुरस्कार त्रिविका विद्यावारिधि शोधार्थी विश्वराज पराजुली, जास्मिन राज भण्डारी र चाँदनी जोशीले पाएका छन् । त्यस्तै, अवार्डमध्ये सर्वाधिक राशिको सिर्जना कलेज अफ फाइन आर्टस् आउटस्ट्याण्डिङ स्टुडेन्ट अवार्ड स्नातक तहमा सर्वाधिक अंक ल्याउने विवेक लामाले जितेका छन् ।

 सिर्जना कलेज ललितकलासम्बन्धी नेपालको पहिलो स्थापित सामुदायिक कलेज हो ।अहिले कक्षा ११ देखि स्नातक तहसम्म अध्यापन गराई रहेका छन ।

SHARE