रोकिएका डेढ सय यात्रु लिएर बैंकक उड्यो

सोमबार रोकिएका डेढ सय यात्रु बोकेर नेपाल एयरलाइन्सको वाइडबडी जहाज बैंकक उडेको छ।

मंगलबार दिउँसो ११:३० मा निगमको वाइडबडी ३३० जहाजमार्फत् सोमबार रोकिएका सबै यात्रु बैंकक पठाइएको निगमका प्रवक्ता रमेश पौडेलले बताए।

निगमको न्यारोबडी जहाजमा प्राविधिक समस्या देखिएपछि सोमबार उक्त जहाज ग्राउन्डेड गरिएको थियो। काठमाडौं-बैंकक उडान हुन नसक्दा निगमले डेढ सय यात्रुलाई होटलमा व्यवस्थापन गरेको थियो।

 

 

SHARE