कलामा सिर्जित हिमाल र सागर

ललितपुर पाटकढोकास्थित एम क्युव ग्यालरीमा नेपाली तथा कोरियाली कलाकारहरुद्वारा सिर्जना गरिएका कलाकृतिहरु प्रदर्शन गरिएका छन् ।

नेपाल र कोरियाको संस्कृति, जीवन तथा परिवेशको आदानप्रदान गर्ने उद्देश्यले ग्यालरीमा दुई देशका कलाकारहरुले कला कार्यशाला गरेका थिए । सोही कार्यशालामा सिर्जित कलाकृतिहरु अहिले प्रदर्शनीमा राखिएका छन् । ‘हार्मोनीः माउन्टेन एन्ड ओशन’ शीर्षक राखिएको प्रदर्शनीमा हिमाल र सागरलाई झल्काउने कलाहरु छन् । जहाँ हिमालका सौन्दर्य र सागरका छालहरुलाई कलात्मक रुपमा देखाइएका छन् ।

प्रदर्शनीले नेपाली र कोरियालीबिचको सांस्कृतिक तथा कलात्मक अभिव्यक्तिको सुमधुर सम्बन्धलाई प्रस्तुत गर्ने ग्यालरीका निर्देशक तथा कलाकार मनिषलाल श्रेष्ठले बताए । माघ २३ गतेसम्म चल्ने प्रदर्शनीमा रवीन्द्र श्रेष्ठ, प्रतिमा थकाली, सुशीला सिंह, किम जावोन, ली टाङ्गयोङ लगायत कलाकारहरु सहभागी छन् ।

SHARE