दुई बलिउड फिल्मसँग भिड्दै ‘गोर्खा वारियर’

आज शुक्रबारबाट मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ सँगै दुई बलिउड फिल्म प्रदर्शनमा आएका छन्। बलिउड फिल्म ‘आर्टिकल ३७०’ र ‘क्रयाक जितेगा तो जियेगा’ प्रदर्शनमा आएका हुन्।

नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण गरिएको फिल्म ‘गोर्खा वारियर’ मा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ। लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन्। यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन्।

आदित्य सुहास जम्भले निर्देशित फिल्म ‘आर्टिकल ३७०’ मा यामी गौतम, प्रियमणी, किरण कर्माकरलगायत कलाकारको अभिनय छ। आदित्य दत्तले निर्देशन गरेको फिल्म ‘क्रयाक जितेगा तो जियेगा’ मा विद्युत जमवाल, नोरा फतेही, अमी ज्याक्सनलगायत कलाकारको अभिनय छ।

SHARE