मोटरसाइकल दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत

झापामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।

बुधबार बिहान ५ बजे जापाको शिवसताक्षी-८ झिलझिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकल  प्र.१–०१–००१ च ९३२९ नम्बरको जीपसँग ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको थियो।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरुलाई बिएन्डसी मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी कृष्णकुमार चन्दका अनुसार मृतकहरू झापाको कमल गाउँपालिका-४ एकै वडाका हुन्। उनीहरूको आफन्तहरूले सनाखत गरेका छन्।  मृत्यु हुनेहरूमा २५ वर्षीय मौसम राई, २० वर्षीय युनिक भण्डारी र १७ वर्षीय सरोज रेग्मी छन्।

 

 

SHARE