बाढी पहिरो र डुबानका उद्धारमा खटिन १७ समूहमा ३ सय नगर प्रहरी परिचालन

काठमाडौं महानगरपालिकाले बाढी पहिरो र डुबानका घटनामा राहत तथा उद्धारमा खटिन १७ समूहमा ३ सय नगर प्रहरी परिचालन गरेको छ।

डुबान भएका बस्ती,  नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि नगरप्रहरी ‍परिचालन गरिएको महानगरले जनाएको छ।

महानगरपालिकाका अनुसार वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको छ । स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास भइरहेको पनि महानगरले जनाएको छ।

जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाका हटलाइन नम्बरहरू १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गर्न महानगरले अनुरोध गरेको छ।

साथै आपतकालीन अवस्थाहरूमा अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा सम्पर्क गर्न पनि महानगरले अनुरोध गरेको छ।

SHARE