ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालविरुद्ध पाँच करोड क्षतिपूर्ति माग गर्दै एक मृतकका आफन्तले मुद्दा दायर

ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालविरुद्ध पाँच करोड क्षतिपूर्ति माग गर्दै एक मृतकका आफन्तले मुद्दा दायर गरेका छन् ।

अस्पतालमा भर्ना भएको बिरामीको चिकित्सकीय लापरबाहीका कारण मृत्यु भएपछि उनका परिवारले जिल्ला अदालतमा यति ठूलो रकम क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका हुन् ।

, वनस्थलीका ज्ञानप्रसाद रिमाल मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको तर चिकित्सकले गलत औषधिको प्रयोग र उपचार गरकाले उनको मृत्यु भएको परिवारले दाबी गरेको छ । मुटु तथा मिर्गौलारोगी रिमालको असोज ४ गते मृत्यु भएको थियो ।

SHARE