काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शनिबार शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
चिकित्सकसँग उपचारबारे बृहत जानकारी लिँदै उनले उपचारमा कमी हुन नदिन आग्रह गरे। घाइतेहरूले माग पूरा गर्न सरकारलाई सुझाव दिएको पनि उनले बताए।
पुनका अनुसार ट्रमा सेन्टरमा एकजना आइसियुमा उपचाररत छन् भने अन्य घाइतेहरूको अवस्था सुधारोन्मुख छ। उनले प्रधानमन्त्रीले घोषणा गरेका काम पूरा गर्न अन्तरिम सरकार केन्द्रित रहेकोसमेत उल्लेख गरे।
जेनजी आन्दोलनमा दुई हजारभन्दा बढी घाइते भएका थिए भने हाल पनि ५० भन्दा बढी घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।