बुढानीलकण्ठको नेवा चुली रिसोर्टबाट ९ जुवाडे पक्राउ, २ लाख ३१ हजार बरामद

काठमाडौँ । प्रहरीले बुढानीलकण्ठस्थित चुनिखेलको नेवा चुली रिसोर्टबाट ९ जना जुवाडे पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी निर्मल पनेरुको नेतृत्वमा गरिएको कारबाहीमा सुजन श्रेष्ठ, विकास श्रेष्ठ, राकेश श्रेष्ठ, सुनिल श्रेष्ठ, सुरज राना, नाम्गेल भोलन, रामशंकर पराजुली र जितेन्द्र तामाङ पक्राउ परेका हुन्।

जुवा खालबाट प्रहरीले २ लाख ३१ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

 

 

SHARE