नेकपा (माओवादी केन्द्र) बाट अलग भएर प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका जनार्दन शर्माले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत अभियानको केन्द्रीय संयोजन समिति सार्वजनिक गरेका छन्। समितिको संयोजक पूर्वमन्त्री सुदन किराती रहेका छन्।
किरातीसहित गेहेन्द्र ढकाल, मदन भट्टराई, नारायणी शर्मा, मदन लिम्बु, भीमबहादुर मल्ल, संझना राईलगायत सदस्य छन्। अन्य ३१ सदस्यमा गोरखबहादुर केसी, पुजन सिंह, अरविन्द यादव, टेकेन्द्र भट्ट, सन्तोष विष्ट, दीपक साउद, डा. अच्युत भट्ट, क्षितिज सापकोटा, निर्मला गौतमलगायत रहेका छन्।
शर्माको समूह माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहित वाम दलहरूको एकता प्रक्रियाप्रति असन्तुष्ट हुँदै अलग भएको हो।








