प्रियांक पाञ्चलको तूफानी अर्धशतक, कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको चुनौती

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सले भारतीय ब्याटर प्रियांक पाञ्चलको विस्फोटक प्रदर्शनमा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेट गुमाउँदै १६६ रन बनायो। ओपनर पाञ्चलले ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रनको शानदार पारी खेले। म्याक्स ओ’डाउडले २०, मार्क वाटले १६ तथा पवन सर्राफले २७ रनको नटआउट योगदान दिए।

चितवनबाट बोपारा, जइब र तन्विरले १-१ विकेट लिए। भारतका घरेलु स्टार पाञ्चल संन्यासपछि पहिलोपटक विदेशी टी-२० लिगमा खेलेका हुन्।

SHARE