छानबिनबाट सत्य बाहिर आउँछ, गल्ती भए सरकारले जोगाउँदैन : सुदन गुरुङ

काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा सांसद सुदन गुरुङ ले आफूविरुद्ध छानबिन समिति गठन भएकाले सत्यतथ्य बाहिर आउनेमा आफू ढुक्क रहेको बताएका छन्।

पत्रकारहरूसँग शनिबार कुरा गर्दै उनले आफूबाट कुनै गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने दाबी गरे। “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रममन्त्रीलाई त छाडेन भने मलाई झन् कुनै हालतमा छाड्दैन,” उनले भने, “पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर वासिङ मेसिनमा धोएर ल्यायो भन्ने हाम्रोमा हुँदैन।”

गुरुङका अनुसार छानबिन समिति गठन हुनुअघि नै दलका शीर्ष नेताहरूले आफूलाई कुनै गलत काममा संलग्नता भए–नभएकोबारे प्रश्न गरेका थिए। “नेताहरूले गलत गरेको पाइए कारबाही हुन्छ भनेर पहिल्यै सचेत गराइसकेका छन्,” उनले भने, “म ढुक्क छु, मेरो कुनै गल्ती छैन।”

यसैबीच, एलिजा गुरुङ ले शुक्रबार नेपाली उत्पादनमा आधारित महिलाहरूका लागि सञ्चालन गरिएको कपडा पसल ‘चिनो’ को उद्घाटन गरेकी छन्।