गोरखाका एककुमारी बस्नेतको बारीमा नौ किलोको एउटै काउली फले

गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन्।

स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ। अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रबर्द्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ ।

‘काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ पोखरेलले भने। ‘डाँठ र पात गरी २ केजी घटाउँदा थुङ्गा मात्र नै ९ किलोभन्दा बढीको रहेको छ,’ नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो काउली भएको प्रमुख पोखरेलको दाबी छ।

यसअघि बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा ८ किलो ८८० ग्रामको काउली उत्पादन भएको पाइएको थियो ।

SHARE