त्रिवि क्रिकेट मैदानमा भेटिएका दिपक

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण शनिबारबाट सुरु हुँदैछ । एनपीएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

भोलि उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन्। एनपीएलका खेल हेर्न नेपाली क्रिकेट प्रेमी निकै उत्साहित देखिन्छन् ।

प्रतियोगिता सुरु नहुँदै त्यसको तयारी हेर्न क्रिकेट प्रेमीहरु त्रिवि क्रिकेट मैदानमा पुगिरहेका छन् ।

शुक्रबार त्रिवि क्रिकेट मैदान पुग्दा तयारी धमाधम भइरहेको थियो । खेलाडीहरू मैदानमा अभ्यास गरिरहेका थिए भने हेर्ने युवाको सङ्ख्या पनि बाक्लै थियो ।

मैदानमा एनपीएलको तयारी हेर्न आएका युवाहरूमध्ये फरक क्षमताका दिपक तिमिल्सिना पनि भेटिए । उनी करिब साढे दुई वर्षको हुँदा खुट्टा लुलो हुँदै गएर अरू जस्तो हिँड्न नसक्ने भए । पछि बैशाखीको सहारामा मात्र हिँड्नु पर्ने भयो ।

औपचारिक शिक्षाको कक्षा पढ्दा सबै साथी सपाङ्ग थिए । त्यसैले ह्विलचेयरमा बसेका थिएनन् । पछि मात्र ह्विलचेयरमा बस्न पाए र सिके ।

त्यही सिकाइसँगै उनी त्यस्ता ह्विलचेयरको सहारामा हिँड्डुल गर्ने फरक क्षमताका साथीहरू भेट्टाए । सानैदेखि क्रिकेट खेल्ने रहर त्यसपछि पूरा हुँदै गयो । पछि ह्विलचेयर क्रिकेटमा नेपालका तर्फबाट राष्ट्रिय टोलीमा पनि परे ।

मैदानमै एनपीएलको तयारी प्रत्यक्ष अवलोकन गर्न आएका उनै क्रिकेटर तिम्सिनासँग छोटो कुराकानी गरिएको छ ।

कहाँबाट आउनुभयो ?

मेरो घर हेटौँडा–२ मकवानपुर हो । अहिले कालीमाटी बस्दैछु । नजिकै भएकाले तयारी कस्तो छ भनेर हेर्न आएको । खेल हेर्न पनि आउँछु ।

तपाई कुन टिमको समर्थक ?

म कर्णाली एक्सको हो ?

किन यसको समर्थक ?
हुन तस बै राम्रो छ तर एउटा टिमको समर्थन गर्नुपर्दा म कर्णाली एक्सको समर्थक

खेलाडी राम्रो भएर होकि ? के कारणले हो त मन परेको ?

मनपर्ने खेलाडी भएरै हो ।

कर्णालीले जित्ला त एनपीएल के तपाईको आँकलन ?

खेलमा कसले जित्छ फिक्स त हुँदैन । जे भएपनि कर्णाली एक्सको समर्थक हुँ ।

तपाईले नेपालबाट कहिले खेल खेल्नुभएको थियो ?

पहिलो अन्तर्राष्ट्रियमा २०१९ मा पहिलो एसिया कप खेलेका थियौँ यही टीयू ग्राउण्डमै । त्यो बेला भारत, बंगलादेश, पाकिस्तान र नेपाल ४ वटा मात्रै देशले भाग लिएका थिए । दोस्रो पनि त्यही वर्ष भएको थियो त्यसमा पहिलेका ४ सहित श्रीलंका थपिएको थियो । हाम्रो नतिजा चाहिँ राम्रो आउन सकेन तर सहभागी भैयो । खेल राम्रै भयो भनौ न ।

https://www.facebook.com/61558395743446/videos/2333641306999384

SHARE