राजावादीको प्रदर्शनले केही हल्लिएको छैन : प्रचण्ड

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीको प्रदर्शनले मुटु नहल्लिएको प्रतिक्रिया दिएका छन् । सोमबार सिंहदरबारमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एककीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफूहरू राजावादीहरूको प्रदर्शनले विचलित नभएको बताएका हुन् ।

‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन’, प्रचण्डले भने, ‘केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ।’

सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताउँदै प्रचण्डले राजावादीहरूको प्रदर्शनको काउण्टरमा जाने हो भन्ने प्रश्नमा आफूहरू सल्लाह गरिरहेको जवाफ दिए ।

SHARE