नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम महाधिवेशन आगामी वैशाखमा

काठमान्डौं । नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम महाधिवेशन आगामी वैशाखमा हुने भएको छ । केन्द्रीय कार्यकारिणी समितिको बुधबारको बैठकले महाधिवेशन २०८१ को वैशाखमा गर्ने निर्णय गरेको हो।

महाधिवेशन तयारीका लागि मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठकसमेत बोलाउने निर्णय भएको पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए।

पार्टीको विधान अधिवेशनका लागि मस्यौदा बनाउन केन्द्रीय कार्यकारिणी समिति सदस्य कृष्ण शर्माको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन भएको नेसपाले जनाएको छ।

 

SHARE