नामिबियाविरूद्ध कुशल मल्ल र सोमपाल कामी पनि चल्न सकेनन्

आइसिसी विश्वकप क्रिकेट लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले अहिले नामिबियासँग खेलिरहेको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ।

पहिलो पावरप्लेको १० ओभरमा ४ विकेट गुमाएको नेपालले २०औं ओभरमा पाँचौं विकेट गुमायो। कुशल मल्ल पाँचौ विकेट रुपमा १५ रनमा आउट भए। मल्लले २२ बलमा १ चौका र १ छक्का प्रहार गरे।दुई ‌ओभरपछि नेपालले छैटौं विकेट गुमायो। सोमपाल कामी २ रनमा इरामसको बलमा क्याच भए।

त्यतिबेला नेपालले २१.४ ओभरमा  ६ विकेटको क्षतिमा ७३ रन जोडेको थियो।खेलमा नेपालले पहिलो बलमै विकेट गुमायो। नेपालका कुशल भुर्तेललाई नामिबियाका रुबेन ट्रम्पलम्यानले स्लिपमा जेजे स्मिथबाट क्याच गराए।कुशल रोयल डक भएपछि ब्याटिङमा आएका अनिल साह पनि ८ रनमै आउट भए। उनी पनि ट्रम्पलम्याचनकै एलबिडब्लूको धरापमा परे। २.१ ओभमा आउट हुनुअघि उनले ६ बलमा २ चौका हिर्काएका थिए।

चौथो ओभरमा आसिफ शेख पनि ४ रनमै आउट भए। आसिफलाई ज्याक ब्रासेलले जेजे स्मिथबाटै क्याच गराए।दशौं ‌ओभरमा कप्तान रोहित पौडेललाई ब्रासेलले बोल्ड गरे। रोहितले १३ बल खेल्दा १ रन मात्र जोड्न सके।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, करण केसी, ललित राजवंशी, अनिल साह र गुल्सन झा।

SHARE