लोकप्रिय गायक प्रकाश कटुवालले ‘जर्सी गाईको दूध’ बोलको गीत सार्वजनिक गरेका छन् । विहीवार प्रकाश कटुवाल युट्युब च्यानलमार्फत ‘जर्सी गाईको दूध’ बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतमा शब्द तथा संगीत प्रकाश कटुवाल स्वयंको छ। स्वरमा उनलाई समिक्षा अधिकारीले साथ दिएका छन्।
उक्त गीतको भिडियोमा संकर बिसी र रिया खड्काले अभिनय गरेका छन्।
गीतमा चोखो माया नलाको मान्छे कोही पनि नहुने र हामी कहिले नजिक हुन्छौं जस्ता भाव व्यक्त गरिएको छ।
राजेश घिमिरे र उनको टोलीले छायांकन गरेको म्युजिक भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन्। म्युजिक भिडियोलाई शंकर बीसीले कोरियोग्राफर तथा निर्देशन गरेका हुन्।










