काठमाडौं । नेपाली मौलिक संगीत र सांस्कृतिक पहिचानलाई केन्द्रमा राखिएको गीत ‘टुङ्ना र डम्फु’ सार्वजनिक गरिएको छ। सुजिता योञ्जनको स्वरमा रहेको गीतको शब्द अमृत लामाले लेखेका हुन् भने संगीत जोगलाल लामाको रहेको छ। गीतमा आगा लामाको एरेन्ज र दिपेश प्रधानको मिक्सिङ रहेको छ।
गीतको भिडियो सार्वजनिक कार्यक्रममा पूर्वउपकुलपति शम्भु राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा आन्भी प्रोडक्सनकी एमडी अनिता गोले सभापतित्व रहेको थियो भने निर्देशक अभि लामाले भिडियो निर्माण र यसको अवधारणाबारे मन्तव्य राखेका थिए। कार्यक्रममा गायक मकर योञ्जन, संगीतकार अमृत लामालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले नेपाली मौलिक संगीत, भाषा, संस्कृति र परम्परालाई सिर्जनामार्फत नयाँ पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याए। उनले मौलिक सांस्कृतिक धरोहरलाई आधुनिक प्रस्तुतिसँग जोड्दै संरक्षण र प्रवर्द्धन गर्नु सकारात्मक प्रयास भएको बताए।
‘टुङ्ना र डम्फु’को भिडियोमा अनिता गोले, पासाङ दोमा पाख्रिन, पेमा लामा, ल्हाक्पा ओमु ह्योल्मो, सोमा लिम्बू, याङ्गी शेर्पा र बाबु सेन्च्युरीले अभिनय गरेका छन्। भिडियोको निर्देशन अभि लामाले गरेका हुन्। सूर्य लामाले छायांकन, सम्पादन तथा कलरिस्टको जिम्मेवारी सम्हालेका छन् भने सिनेमाटोग्राफी जेनिश तामाङको रहेको छ।
भिडियोको कोरियोग्राफी बाबु सेन्च्युरीले गरेका छन्। बिकास आर्याल र सरोज कुँवरले सहायक कोरियोग्राफी गरेका छन्। माणिक पाख्रिनले कला संयोजन, रबिना लिम्बूले मेकअप तथा वेलकम बुटिकले पहिरन व्यवस्थापन गरेका छन्। भिडियोको पोस्ट प्रोडक्सन आन्भी प्रोडक्सनले गरेको छ।









